२८ जेठ २०८३, बिहीबार

टर्कीमा १० जना पूर्व सैन्य अधिकृतहरू पक्राउ, कू रोकेको सरकारको भनाइ

चैत २४, २०७७
टर्कीमा १० जना पूर्व सैन्य अधिकृतहरू पक्राउ, कू रोकेको सरकारको भनाइ

टर्कीमा अधिकारीहरूले सोमवार १० जना पूर्व सैन्य अधिकृतहरूलाई पक्राउ गरेको छ । 
 

जलसेनाका १०० जना सेवानिवृत्त वरिष्ठ अधिकारीहरूको एक समूहले एक बयान जारी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । सरकारले रिटायर्ड सेना अधिकृतहरूको बयानले इतिहासको सैन्य कूको स्मरण गराएको बताएको छ । 

सरकारी समाचार संस्था आन्दालोउले खुलापत्र लेख्ने एड्मिरलहरूको अनुसन्धानका लागि पक्राउ गरिएको खबर दिएको छ । 
 

अभियोजनकर्ताहरूले चार अन्य आरोपितलाई अंकारा प्रहरीसमक्ष तीन दिनभित्र रिपोर्ट गर्न भनेको छ । उनीहरूको उमेरका कारण हिरासतमा नलिइएको बताइएको छ । 

पूर्व सैन्य प्रमुखहरूले संवैधानिक व्यवस्थाको उल्लंघन गर्न बल तथा हिंसा प्रयोग गरेको आरोप लगाइएको थियो । 

टर्की सरकारले इस्तानबुलमा एक शिपिङ नहर बनाउने योजना सार्वजनिक गरेपछि सेवानिवृत्त सैन्य अधिकृतहरूले विरोधमा पत्र लेखेका हुन् । सरकारले पनामा र स्वेज नहरसँग तुलना गर्न मिल्ने गरी इस्तानबुलमा नहर बनाउन खोजेको छ । 
 

कनाल इस्तानबुल राष्ट्रपति रेचेप तैयिप एर्दोआनको महत्त्वाकांक्षी परियोजना हो । लगभग १८ वर्षदेखि सत्तामा रहेका एर्दोआनले नयाँ विमानस्थल, पुल, सडक र सुरुङहरू बनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्