०३ असार २०८३, बुधबार

दीपाको फेसबूक ह्याक गर्ने व्यक्ति १४ वर्षीय किशोर, प्रहरीले लियो नियन्त्रणमा

दीपाको फेसबूक ह्याक गर्ने व्यक्ति १४ वर्षीय किशोर, प्रहरीले लियो नियन्त्रणमा

चलचित्र निर्मात्री एवं अभिनेत्री दीपाश्री निरौलाको फेसबूक आईडी ह्याक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अभिनेत्री निरौलाको फेसबूक आईडीमा अनाधिकृतरूपमा पहुँच पुर्‍याएर म्यासेन्जरबाट उनका साथीहरूसँग पैसा माग गर्ने पर्सा बहुदरमाई नगरपालिका–५ का १४ वर्षीय किशोरलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामकृपाल शाहले बताए । 

ती किशोरलाई विद्युतीय कारोवार ऐन २०६३ अनुसार जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीआईजी शाहले जानकारी दिए ।

आफ्नो फेसबूक ह्याक गरेर आफन्त र साथीभाइसँग पैसा मागेको सूचनासहित दीपाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्