२६ जेठ २०८३, मंगलबार

मर्निङ वाक गर्नुहुन्छ ? छिटोछिटो हिँड्दा मात्र हुन्छ फाइदा

चैत २५, २०७७
मर्निङ वाक गर्नुहुन्छ ? छिटोछिटो हिँड्दा मात्र हुन्छ फाइदा

आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन् । 

त्यसो त पेट घटाउन केही मानिस बिहान हिँड्ने गरेका छन् । तर औसत हिँडाइले केही पनि फरक पार्दैन । तर तपाईं छिटो हिँड्ने (ब्रिस्क वाक) गर्नुभयो भने स्वास्थ्यलाई निकै लाभ हुन्छ । हप्ताको पाँच दिन छिटोछिटो हिँड्दा तौल घट्न सहायता पुग्छ ।

छिटो हिँड्दा हुन्छन् यस्ता फाइदा :

दिमाग तीखो
तपाईं छिटछिटो हिँड्दा रक्तसञ्चार तीव्र गतिमा हुन्छ । त्यसले गर्दा दिमागका कोशिकाहरूमा अक्सिजन र पोषक तत्त्व पुग्छ । अनि दिमाग पहिलाभन्दा तेज हुन्छ । दिमागलाई फ्रेश गराउने हार्मोन रिलीज हुन्छ । यसले स्ट्रेस भगाउँछ । 

तौल घटाउन
दिनको आधा घन्टा मात्र छिटो हिँड्नुभयो भने मेटाबोलिजमले राम्रो काम गर्छ । यसबाट तपाईं लगत १५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । 

मधुमेहबाट छुटकारा
हप्तामा पाँचपटक छिटो हिँड्दा मधुमेहको जोखिम लगभग १२ प्रतिशतसम्म घट्न सक्छ । 

स्वस्थ मुटु
हप्तामा लगभग १६ किलोमिटर छिटो हिँड्दा मुटुरोगको जोखिम ३५ प्रतिशतसम्म कम हुन्छ । 

रक्तचाप नियन्त्रण
छिटो हिँड्दा रक्तचाप नियन्त्रणमा रहन्छ । धमनीहरू चलायमान भएर स्वस्थ हुन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्