०६ साउन २०८३, बुधबार
संसद् बैठक

संसदमा एमाले–कांग्रेस जुहारी– सरकारले ढाँट्यो–गगन, राम्रा कामले विपक्षीको प्रेसर बढ्यो– महेश

संसदमा एमाले–कांग्रेस जुहारी– सरकारले ढाँट्यो–गगन, राम्रा कामले विपक्षीको प्रेसर बढ्यो– महेश

सरकारको काम कामकारवाहीको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच संसदमा जुहारी चलेको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरूले सरकारको कामको बचाउ गरे भने प्रतिपक्षी सांसदहरूले सरकारले जनतालाई ढाँट्ने काम काम गरेको आरोप लगाए । 

नेकपा एमालेका महेश बस्नेत, राजेन्द्र गौतम, शान्ता चौधरी लगायतले सरकारको कामको प्रशंसा गरे भने नेपाली कांग्रेसका गगन थापा, मोहन पाण्डे, देवप्रसाद तिमल्सिना र जसपाकी लीला सिटौलाले सरकारको कामको विरोध गरे । 

एमालेका महेश बस्नेतले अस्थिरता चाहनेहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामको विरोध गरिरहेको आरोप लगाए । 

‘आइ हेट पोलिटिक्स भन्नेहरू आइ लभ यु केपी ओली भन्दैछन् । धरहराको उद्घाटन हुँदैछ । तामाकोशी उद्घाटन हुँदैछ । मेलम्चीको पानी आयो, यो कुराले किन केही माननीयको प्रेसर बढेको छ ?’ बस्नेतले भने, ‘प्रेसर बढेमा सरकारले गंगालाल अस्पतालको स्तरोन्नति गरेको छ ।’

बस्नेतभन्दा अगाडि बोलेका गगनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै विकास भयो भनेर भन्ने गरेकोप्रति कटाक्ष गरेका थिए ।

'यति धेरै विकास निर्माणको काम त कहिल्यै भएको थिएन, यो त चमत्कार भयो भनिरहनुभएको छ । प्रधानमन्त्रीलाई चमत्कार भयो भन्ने किन लागिरहेको छ ? यसमा दुईवटा कारण हुनसक्छ,' थापाले भने, 'एउटा कारण, वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई ज्ञान छैन, चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ, विकृत असत्य भाषण । यो दुवै कुरा राष्ट्रका निम्ति हानिकारक छ, खराब छ ।'

एमालेका राजेन्द्र गौतमले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प अगाडि सारी आर्थिक विकासलाई तीव्ररूपमा अगाडि बढाउन भौतिक पूर्वाधारको तीव्र विकास गर्दै अगाडि बढिरहेको छ । ‘के सरकारले बिजनेस दिएन ? एमसीसी दर्ता भएको कति समय भयो ? यसलाई रोक्नु संवैधानिक कदम हो सभामुख महोदय ?’ उनले भने ।

नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले सरकारको अकर्मण्यताका कारण काठमाडौं विश्वकै प्रदूषित शहर बन्न पुगेको आरोप लगाए । 

‘स्वदेशका अर्बौंका काठ बेच्न नसक्ने कमिसन खान मलेसियाबाट खर्बौंका काठ ल्याएर कमिसन खाने चक्करमा लाग्दा अहिलेको प्रदूषण भएको हो,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्