मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
चैत २६, २०७७
सरकारको काम कामकारवाहीको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच संसदमा जुहारी चलेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरूले सरकारको कामको बचाउ गरे भने प्रतिपक्षी सांसदहरूले सरकारले जनतालाई ढाँट्ने काम काम गरेको आरोप लगाए ।
नेकपा एमालेका महेश बस्नेत, राजेन्द्र गौतम, शान्ता चौधरी लगायतले सरकारको कामको प्रशंसा गरे भने नेपाली कांग्रेसका गगन थापा, मोहन पाण्डे, देवप्रसाद तिमल्सिना र जसपाकी लीला सिटौलाले सरकारको कामको विरोध गरे ।
एमालेका महेश बस्नेतले अस्थिरता चाहनेहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कामको विरोध गरिरहेको आरोप लगाए ।
‘आइ हेट पोलिटिक्स भन्नेहरू आइ लभ यु केपी ओली भन्दैछन् । धरहराको उद्घाटन हुँदैछ । तामाकोशी उद्घाटन हुँदैछ । मेलम्चीको पानी आयो, यो कुराले किन केही माननीयको प्रेसर बढेको छ ?’ बस्नेतले भने, ‘प्रेसर बढेमा सरकारले गंगालाल अस्पतालको स्तरोन्नति गरेको छ ।’
बस्नेतभन्दा अगाडि बोलेका गगनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै विकास भयो भनेर भन्ने गरेकोप्रति कटाक्ष गरेका थिए ।
'यति धेरै विकास निर्माणको काम त कहिल्यै भएको थिएन, यो त चमत्कार भयो भनिरहनुभएको छ । प्रधानमन्त्रीलाई चमत्कार भयो भन्ने किन लागिरहेको छ ? यसमा दुईवटा कारण हुनसक्छ,' थापाले भने, 'एउटा कारण, वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई ज्ञान छैन, चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ, विकृत असत्य भाषण । यो दुवै कुरा राष्ट्रका निम्ति हानिकारक छ, खराब छ ।'
एमालेका राजेन्द्र गौतमले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प अगाडि सारी आर्थिक विकासलाई तीव्ररूपमा अगाडि बढाउन भौतिक पूर्वाधारको तीव्र विकास गर्दै अगाडि बढिरहेको छ । ‘के सरकारले बिजनेस दिएन ? एमसीसी दर्ता भएको कति समय भयो ? यसलाई रोक्नु संवैधानिक कदम हो सभामुख महोदय ?’ उनले भने ।
नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले सरकारको अकर्मण्यताका कारण काठमाडौं विश्वकै प्रदूषित शहर बन्न पुगेको आरोप लगाए ।
‘स्वदेशका अर्बौंका काठ बेच्न नसक्ने कमिसन खान मलेसियाबाट खर्बौंका काठ ल्याएर कमिसन खाने चक्करमा लाग्दा अहिलेको प्रदूषण भएको हो,’ उनले भने ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...