असोज २६, २०८०
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे समेत ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको आरोपपत्र विशेष अदालतमा दायर गरेको छ ।
नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा अनियमितता देखिएपछि अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरिएकोबारे जानकारी दिए ।
आरोपपत्रमा १० लाखभन्दा बढी रकम बिगो कायम गरेर सजायको माग गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति –
धार्चे गाउँपालिका, गाउँ कार्यपालिका गोरखाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७७।१२।३० गते ।
जिल्ला गोरखा, नौलीखोला तेश्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सरकारी रकम हिनामिना भएको देखिएकोले देहाय वमोजिमका व्यक्तिहरुलाई देहाय वमोजिमको कसुरमा देहाय वमोजिमको सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
(क) धार्चे गाउँपालिका, गाउँ कार्यपालिका गोरखाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन समयमा कार्यरत इन्जिनियर प्रविन वस्ती र सव-इन्जिनियर राम नारायण चौधरीले नौलीखोला तेस्रो जलविद्युत् आयोजनाको भुक्तानी दिने चरणमा उक्त योजनाको अनुगमन/निरीक्षण पश्चात काम भए नभएको यथार्थ विवरण एकिन नगरी वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी पेश हुन आएको झुट्ठा बिल भरपाई, स्थलगत रुपमा गई नापजाँच नगरी गलत नापी किताव प्रतिवेदन तयार, कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरु सदर गरी बढी रकम रु.१०,६३,०५७।६६ भुक्तानी दिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) तथा ऐ. दफा १९ को उपदफा (२) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निजहरुलाई बिगो रु.१०,६३,०५७।६६ (दश लाख त्रिसठ्ठी हजार सन्ताउन्न रुपैया छैसठ्ठी पैसा मात्र) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ उपदफा (१) तथा दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र हानिनोक्सानी भएको बिगोसमेत ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम निजहरुबाट असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।
(ख) नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले उक्त आयोजना निर्माण गर्दा प्राविधिक समेतको मिलेमतोमा कामभन्दा बढी मूल्याङ्कन गरी/गर्न लगाई झुट्ठा बिल भरपाई बनाई बदनियत राखी झुट्ठा बिल भरपाई बनाई, नभएको कामको कार्य सम्पन्न प्रतिवेदन तयार गरी बढी रकम रु.१०,६३,०५७।६६ भुक्तानी लिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निजहरुलाई बिगो रु.१०,६३,०५७।६६ (दश लाख त्रिसठ्ठी हजार सन्ताउन्न रुपैया छैसठ्ठी पैसा मात्र) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) वमोजिम उक्त बिगो जफत हुन समेत मागदाबी लिइएको छ ।
(ग) वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले धार्चे गाउँपालिका वडा नं. ७ मा अवस्थित नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजनासँग सम्बन्धित वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले आफ्नो वडाभित्रका योजनाहरुको अनुगमन/सुपरीवेक्षण गरी भए गरेका कार्यहरुको मात्र भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गर्ने मनसायले बदनियत राखी कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन तयार गरी/गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निज वडा अध्यक्ष सूर्यमान गुरुङलाई ऐ.ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनको लागि मागदाबी लिइएको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...