२२ जेठ २०८३, शुक्रबार

हत्या मुद्दाका फरार दोषी १८ वर्षपछि पक्राउ

हत्या मुद्दाका फरार दोषी १८ वर्षपछि पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–३ बस्ने जीतबहादुर गोदार क्षेत्रीलाई वन्चरोले प्रहार गरी मारेको मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई १८ वर्षपछि पक्राउ गरिएको छ ।

बर्दिया जिल्ला अदालतको २०६८ जेठ १० गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएका कृपाराम खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मुद्दामा दोषी पाइएका अन्य ९ अभियुक्त भने जिल्ला कारागार बर्दियामा कैद सजाय बिताइरहेका छन् । पक्राउ परेका खटिकलाई जिल्ला अदालतमा बुझाएपश्चात् कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्