२४ जेठ २०८३, आइतबार

नयाँ वर्ष मनाउदा स्वास्थ्य मापदण्डमा ख्याल गर्न सेना प्रमुखको आह्वान

चैत ३०, २०७७
नयाँ वर्ष मनाउदा स्वास्थ्य मापदण्डमा ख्याल गर्न सेना प्रमुखको आह्वान

स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलङ्काका सेना प्रमुखले आह्वान गरेका छन् ।

कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलङ्कामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन् ।

उनले स्थानीय नयाँ वर्ष मनाउने बेलामा आपनाउनु पर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
श्रीलङ्कामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरै जना भेला हुने, नाचगान गरिने, सँगसगै खानपीन गरिनेलगायतका गतिविधि गरिने भएकाले सतर्कता बढी अपनाउन अधिकारीहरुले आग्रह गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्