१७ असार २०८३, बुधबार

देशभर गर्मी बढ्न थाल्यो

बैशाख ३, २०७८
देशभर गर्मी बढ्न थाल्यो

देशभरको तापक्रम ह्वात्तै बढेको छ। बुधबारदेखि देशभरको तापक्रम बढेको हो। तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो।

जसअनुसार नेपालगञ्जमा सबैभन्दा बढी ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ। त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ। सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौँको ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ। गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्