२२ असार २०८३, सोमबार

वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

बैशाख ३, २०७८
वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

भारतसँग स्थलमार्गले जोडिएको नेपालको प्रमुख प्रवेश नाका वीरगन्ज पुनः नोभेल कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र बन्न थालेको छ। भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।  

पोहोर चैत २९ मा यहाँ पहिलो पटक तीनजना भारतीय मुस्लिम धर्मप्रचारकहरूमा कोरोना संक्रमण देखिएको थियो। त्यसको एक महिनाभित्र सबभन्दा बढी कोरोना संक्रमण भएको सहर वीरगन्ज बन्न पुगेको थियो। केही दिन संक्रमण नियन्त्रित जस्तो देखिएपछि गत साउनमा भने संक्रमितको लागि अस्पताल र आइसोलेसन अपुग हुन पुगेको थियो।

कोरोना जाँच र संक्रमणको संख्या घट्दै गएकोमा गत दुई सतायता संक्रमितको संख्या बढ्न थालेको छ। गत वर्षकै जस्तो विकराल अवस्थामा वीरगन्ज फेरि फस्न थालेको खबर नागरिक दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्