
ओखलढुंगा घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्ने २५ वर्षीय सोमबहादुर राईको हत्या कसुरमा प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित कविराज बस्नेतको घरमा डेरा गरी बस्ने स्थायी घर काठमाडौं महानगरपालिका–९ कागेश्वरी भएका २० वर्षीय आसिष खुलाललाई प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसइबीका आधारमा आशिषले खुकुरी प्रहार गरी सोमबहादुरको हत्या गरेको घटनामा प्रहरी निरीक्षक प्रविण घिमिरेको कमाण्डमा भक्तपरबाट खटिएको टोलीले खुलाललाई पक्राउ गरेको जनाइएको छ ।
अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त जगातेमा बुझाइएको प्रहरीले जनाएको छ ।