×

NMB BANK
NIC ASIA

पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग

बैशाख ३, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो ।

Muktinath Bank

उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् ।


Advertisment
Nabil box
Kumari

“घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

उद्धारमा खटिएका महेन्द्र कतिलाले भने यो सर्प दुई हजार २०० मिटरको उचाइसम्म पाइने बताए । दुई वर्षअघि बागलुङकै कुँडुलेमा सर्पले टोकेर एकको ज्यान गएको थियो ।

सो सर्प कुन प्रजातिको थियो भन्ने यकिन भएन । गत कात्तिकमा सर्पले टोकेकै कारण पर्वतको मोदी गाउँपालिकाका एक पत्रकारको ज्यान गएको छ । 

यी घटनाले पहाडी क्षेत्र भए पनि सर्पको टोकाइ बढेको देखिन्छ । उपचार र औषधिको व्यवस्थापन बागलुङमा पनि आवश्यकता देखिएको छ ।

“अब सर्पदंशको उपचार बागलुङको अस्पतालमा पनि आवश्यक देखियो”, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदन कँडेलले भने, “समयमा सोच्न सकिएन भने भोलि ठूलो दुर्घटना हुनसक्छ ।”

सामान्य तापक्रममा पनि राख्न सकिने औषधि भएकाले एकजना विशेषज्ञ डाक्टर र औषधिको व्यवस्थापन गर्नुपर्ने उनले बताए । 

बागलुङको अधिकांश भूगोल दुई हजार २०० मिटर उचाइमा पर्छ । जैमिनी नगरपालिका, गलकोट, बागलुङलगायतका भूगोल यही उचाइमा पर्छन् ।

हावापानीको परिवर्तनले पनि तापक्रम बढिरहेकाले तराईमा पाइने सर्पलाई सहज वासस्थानको रुपमा बागलुङका कतिपय स्थान सुरक्षित बन्दै गएको अर्का सहायक वन अधिकृत सन्दीप पौडेलले बताए ।

कतिलाले पनि उपचार व्यवस्थापन गर्न सुझाव दिएका छन् । बस्ती नजिकै छाडेकाले डराउन नपर्ने उनले बताए ।

भारतमा गरिएको एक अध्ययनमा २० वर्षमा छ जनालाई मात्रै गोमनले टोकेको तथ्य छ । यो सर्पले एकपटकमा ६०० मिलीग्राम विष निकाल्न सक्छ ।

मानिसको मृत्यु हुनका लागि भने २० मिलिग्राम मात्रै विष भए पनि पुग्ने उनले बताए । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उनले बताए । “यो सर्पले चाहेको बेला मात्र विष बमन गर्छ ।”

एक अध्ययनअनुसार भारतमा वर्षमा ५० हजार बढीलाई सर्पले टोक्ने गरेको पत्ता लागेको छ । हावापानीको परिवर्तनले गर्मी बढ्न थालेको, पाइपको ओसारपसारले तराईमा रहेका सर्प पहाडमा सर्ने गरेकोसमेत भेटिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x