३० असार २०८३, मंगलबार

हेटौंडामा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

हेटौंडामा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि
सांकेतिक तस्वीर

वाग्मती प्रदेश राजधानी हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको डिस्पोजको क्रममा उक्त शङ्कास्पद वस्तु बम नभई होक्स (बम जस्तै देखिने वस्तु) भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक  जयश्वर रिमालले जानकारी दिए । 

क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शङ्कास्पद वस्तु फेला परेपछि प्रहरी समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त क्षेत्रमा पुगेको थियो ।

सर्वसाधारणलाई त्रसित गर्ने उद्देश्यले उक्त शङ्कास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्