२६ असार २०८३, शुक्रबार
सर्वोच्चमा नयाँ अनुहार

सर्वोच्चको न्यायाधीशमा सिफारिश सुवेदी र चुडालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्चको न्यायाधीशमा सिफारिश सुवेदी र चुडालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र डा. कुमार चुडालको नाम अनुमोदन गरेको छ ।

संसद् सचिवालय सिंहदरबारमा शुक्रवार बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले दुवै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रस्तावित न्यायाधीशहरूमाथिको सुनुवाइपछि समितिले दुवै नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

त्यसअघि प्रस्तावित न्यायाधीशहरूसँग शुक्रवार नै सुनुवाइ भएको थियो । 

संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सुवेदी र चुडाललाई न्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।

सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीशका लागि खुल्यो बाटो [आदेशसहित]

सर्वोच्चमा न्यायाधीश नियुक्ति : के यसपटक योग्यता नपुगेका व्यक्ति सिफारिस भएका हुन् ?

salt training

कमेन्ट गर्नुहोस्