०८ साउन २०८३, शुक्रबार
न्यायाधीश नियुक्तिको किचलो अन्त्य

सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीशका लागि खुल्यो बाटो [आदेशसहित]

सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीशका लागि खुल्यो बाटो [आदेशसहित]

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका नहकुल सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले न्यायाधीशमा प्रस्तावित सुवेदीको योग्यताका सम्बन्धमा परेको रिट सोमवार खारेज गरिदिएको हो ।

अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट सर्वोच्चले रिट खारेज गरेपछि सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको छ । 

‘न्याय सेवाको राप प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरिसकेर निजको संविधानको धारा १२९ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदनको जिकिर पुग्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सुवेदीको सिफारिसबारे वैशाख ३ गते संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्दैछ । 

पढ्नुहोस्, यो पनि :

सर्वोच्चमा न्यायाधीश नियुक्ति : के यसपटक योग्यता नपुगेका व्यक्ति सिफारिस भएका हुन् ?

हेर्नुहोस्, आदेश :

salt training

कमेन्ट गर्नुहोस्