
बाँकेको कोहलपुरमा विपरित दिशाबाट आउँदै गरेका बस र टिपर एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ स्थानीय रोहिनी खोला नजिकै सुर्खेतबाट धरान जाँदै गरेको से १ ख ३३४८ नम्बरको बस र नाअक–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।