२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

बैशाख ४, २०७८
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए । पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र नेकपा (माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफंैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए ।

त्यस्तै, ओलीले अन्य नेतालाई पनि आफंैले फोन गरेर सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सरकार निर्माणका लागि आन्तरिक गृहकार्य भईरहेका बेला सर्वदलीय बैठकलाई सबैले चासोका साथ हेरेका छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्