×

NMB BANK
NIC ASIA

काम विशेषले विद्यार्थी पुस्तक भण्डार जाँदा प्रकाशन प्रालिका शान्त गौतमसित भेट भएको थियो हालैको दिन । यसअघि नाम निकै सुनेको भए पनि प्रत्यक्ष भेट हुन सकेको थिएन उनीसित ।

Muktinath Bank

नाम जस्तै शान्त स्वभाव र मिजासिलो व्यवहार रहेछ उनको । करीब आधा घण्टा सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो चियाको चुस्कीसँगै । आउने बेला एउटा पुस्तक दिँदै भने – हालै प्रकाशित पुस्तक हो, पढ्नुहोला काम लाग्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेरें, ‘नेपाल विद्या’ नामक पुस्तक रहेछ मित्र केदार वाशिष्टले लेखेका । निकै चर्चित पुस्तक भए पनि यसअघि पढ्ने साइत जुरेको थिएन । साधुवाद दिँदै घर आएर पढ्न शुरू गरें ।


Advertisment
Nabil box
Kumari

पुस्तक मोटो, औसत ठूलो साइजमा ४१८ पेजको, विषय खँदिलो । एकसरो पढेर सक्नै ४ दिन लाग्यो मलाई । 

Vianet communication
Laxmi Bank

यस वर्ष प्रकाशित पुस्तकमध्ये निकै चर्चा पाएको पुस्तक हो यो । सायद बिक्रीका हिसाबले पनि अग्रपंक्तिमै पर्नुपर्छ । १ हजार २०० प्रति छापेको थिएँ आधा जति सकियो भनेका थिए प्रकाशक गौतमले त्यतिबेलै ।

पुस्तकमा २ खण्ड छन्, सिद्धान्त खण्ड र प्रयोग खण्ड । सिद्धान्त खण्डमा ६ अध्याय छन्, जसमा विद्या र ओलोजी, विधागत आधारमा देशीय विद्या, देशीय विद्या अध्ययनका रूपमा विद्या, देशीय विद्याका सैद्धान्तिक आधार, नेपाल विद्या र सैद्धान्तिक पर्याधार पर्छन् ।

प्रयोग खण्डमा २ भाग रहेका छन्, नेपाल विद्या प्रयोग १ र प्रयोग २ । ‘लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन्’ र प्रयोग दुईको ‘सिला खोजेको भाषा’ विवेच्य विषय हुन् क्रमशः यी दुईका ।

लेखक केदार वाशिष्ठ पेशाले पत्रकार हुन् । लामो समयसम्म हामी २ सँगै थियौं गोरखापत्रको सेवामा । उनी कुशल पत्रकार हुन् भन्ने थाहा थियो तर कुशल लेखक पनि रहेछन्, यति गहन पुस्तक लेख्दा रहेछन् भन्ने कुरामा भने ‘छुपेरुस्तम’ लागे मलाई । तर यसको पनि पटाक्षेप भइसकेको छ अब ।

केदार वाशिष्ठ वास्तवमा केदार भट्टराई हुन् । उनको प्रशासनिक नाम यही छ तर आलेखहरूमा केदार वाशिष्ठको नामले चिनिने गरेका छन् । पुस्तकमा पनि सोही नाममा आएका रहेछन् । भट्टराईहरू वाशिष्ठ गोत्रीय हुन्, वाशिष्ठ ऋषिका सन्तान । यसैका आधारमा वाशिष्ठ लेख्ने गरेका होलान् सायद ।

पुस्तक निकै गहन छ, पूरा अनुसन्धान पद्धतिमा आधारित तर केही क्लिष्ट हुन पुगेका छन् सूत्रात्मक हुनाले । सम्भवतः पीएचडी थेसिस अनुसन्धानको छाप परेकाले पनि त्यस्तो भएको हुनुपर्छ, जसको संकेत लेखक आफैंले गरेका छन् पुस्तकै शुरूतिर ।

पुस्तकको उद्देश्य महान् छ, क्षेत्र व्यापक । राष्ट्र, राष्ट्रियता र राष्ट्रपे्रमले ओतप्रोत त्यत्तिकै । समग्रमा नेपाल हेर्ने आँखीझ्याल भन्नु उपयुक्त ठानेको छु मैले । राष्ट्रियतालाई शिरमा राखेर लेखिएका पुस्तक प्रायः यस्तै हुन्छन् । नेपाल र नेपाली भाषाको उत्पत्तिदेखि विकाससम्म र नेपाल तथा नेपालीको वैभव र विशेषतालाई पिँधैसम्म पुगेर उत्खनन् गरिएको छ पुस्तकमा । पाद टिप्पणीद्वारा विषयवस्तुको पुष्ट्याइँ अर्को विशेषता हो यसको । छानीछनी भएका छन् विषयवस्तुको उठान र तौलीतौली प्रयोग भएका छन् शब्दहरू । 

सरसर्ती पढ्दै जाँदा २ विषय सर्वाधिक महत्त्वका लागे मलाई । प्रथमतः राष्ट्र, राष्ट्रियता र राष्ट्रिय वैभवलाई सम्यक ढंगले चिनाउने काम गरेको छ भने दोस्रो कुरा पुस्तक कसरी लेखिन्छ, लेख्नुपर्छ, एउटा पुस्तक लेख्न कति पढ्नुपर्छ भन्ने कुराको राम्रै सन्देश दिएको छ यसले । साथसाथै टेबुल गफलाई आधार मानी उडन्ते तर्कका आधारमा पुस्तक लेख्ने प्रकृति र प्रवृत्तिलाई चुनौती पनि ।

नेपालको भूगोल, भाषा, साहित्य आदि तमाम पक्षको उठान र विकास शृंखला सूत्रात्मक रूपमा माला बनेर उनिन पुगेका छन् । प्रसङ्ग अनुसार विश्वका अन्य भाषा र तिनका प्रभावबारे पनि धेरथोर उल्लेख भएका छन् उस्तै गरी । नेपाली भाषामा प्रयुक्त विदेशी शब्दको स्रोत संकेत भेटिए पनि ती कसरी आए भन्ने थाहा पाइन्न शब्दकोषहरूमा तर त्यसलाई समेत छर्लङ्ग पारेको छ यसले । तब न विद्या, तब न नेपाल विद्या । नत्र के विद्या ? के नेपाल विद्या ?

पुस्तकका सबै प्रकरण उम्दा छन्, त्यसमा पनि लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन् ज्यादा उम्दा मानेको छु मैले । अहिले पनि बुद्धको जन्म भारतमा भएको हो, बुद्ध जन्मस्थल भारतमा पर्छ भन्ने जस्ता अनर्गल प्रलाप बरोबर सुनिने गरेको छ भारतीय मिडियाहरूमा । बुद्ध नेपालमा जन्मेका हुन्, बुद्धको जन्मस्थल नेपालमा पर्छ भन्ने कुरा उत्खनन्बाट भौतिक रूपमै प्रमाणित भइसक्दा पनि भारतीय शासकहरू यदाकदा बर्बराउन छाडेका छैनन् अझै यसबारेमा । त्यस्ता कुत्सित मनासायका निम्ति पुस्तकले गतिलो झापड दिएको छ भन्ने मेरो ठम्याइ छ । 

यहाँनेर थप्न के मन लागेको छ भने यस्तो पुस्तक नेपाली भाषामा मात्र लेखेर पुग्दैन । उनीहरूकै भाषामा वा विश्वभाषा अंग्रेजीमा पनि अनुवाद आवश्यक छ, ताकि उनीहरूका पनि आँखा परुन् यसतर्फ । सायद यसबारे लेखक आफैंले पनि सोचेका होलान् । सामान्य आशयसम्म व्यक्त गरेको हुँ मैले । हो, लुम्बिनी र कपिलवस्तु सम्बन्धी प्रकरण यति गहन छ कि यसको छुट्टै पुस्तक हुन सक्थ्यो । किन एउटै पुस्तकमा जबरजस्ती तानित पुग्यो भन्ने कुरा भने बुझ्न गाह्रो भइरहेको छ । आशा गरौं यसको पुष्टि लेखकबाटै हुनेछ ।   

पुस्तकमा केही कमीकमजोरी पनि छन् जस्ता लागे मलाई । जसको चर्चा नगरे पनि हुने हो तर लागेको कुरा नभन्दा पुस्तक र स्वयं लेखकप्रति नै अन्याय हुन्छ जस्तो लागेकाले केही कुरा उठाउने धृष्टता गरेको छु । वैदिक ज्ञान सप्तसिन्धु उपत्यकातिरबाट गंगा उपत्यकासम्म फैलिएको आशय व्यक्त भएका छन् यहाँ तर वेदको पहिलो मन्त्र प्राकाट्य भएको स्थान नै कौशिकी प्रश्रवण क्षेत्र हो । ऋग्वेदको पहिलो मन्त्रका द्रष्टा ऋषि विश्वामित्र पुत्र मधुच्छन्दा हुन्, जो यसै क्षेत्रका निवासी मानिएका छन् । ऋग्वेद तृतीय मण्डलका द्रष्टा ऋषि महर्षि विश्वामित्र र वैश्वामित्र कूल नै हुन्, जो कौशिकी क्षेत्रकै निवासी मानिएका छन् । पाँचौं मण्डलका द्रष्टा ऋषि महर्षि अत्रि तथा आत्रेय कूल हुन्, जो खप्तड क्षेत्रका निवासी मानिएका छन् । सातौं मण्डलका द्रष्टामा महर्षि वाशिष्ठको नाम आएको छ, जो, देवघाट क्षेत्रका निवासी मानिएका छन् । महर्षि कश्यपको पनि थुप्रै सूक्त छन्, जुन ऋग्वेदका विभिन्न मण्डलमा छरिएर रहेका छन् । अर्घाखाँची आसपासका निवासी मानिएका छन् उनी पनि ।

हो, यस्ता कुरा बोल्न प्रमाण चाहिन्छ । प्रमाण विना बोलिँदैनन् तर प्रमाणकै कुरा गर्दा पनि योगी नरहरिनाथ, प्रा.डा. विष्णुराज आत्रेय, मदनमणि क्षिदित आदि विद्वान् आफैंमा कम्ता प्रमाण होइनन् । यसको अर्थ वैदिक मन्त्र उता देखिएका थिएनन् भन्ने होइन । उता पनि देखिएका छन्, यता पनि देखिएका छन् र अन्ततः एउटै सरोवरमा सरोवर भई समग्र आर्यावर्त (पश्चिममा इरान, उज्वेकिस्तान, ताजकिस्तानदेखि पूर्वमा ब्रह्मदेश म्यानमारसम्म र उत्तरमा त्रिविष्टव (तिब्बत) मानसरोवरदेखि दक्षिणमा सिंहल द्वीप श्रीलंकासम्म) ओतप्रोत हुन पुगेका छन् वैदिक सभ्यताबाट । 

अर्को कुरा शुद्धाशुद्धिसित सम्बन्धित छ । एकाध अक्षर, मात्रा छुट्नु, टुटफुट हुनु, उल्टोपाल्टो पर्नु सामान्य कुरा हो यति ठूलो ग्रन्थमा तर कतिपय अवस्थामा एउटै अक्षर छुटले पनि निकै फरक पार्छ । बुद्धले घरबार त्यागेको उमेर बारेमा भ्रम पर्‍यो । १९ वर्षको उमेरमा घरबार त्यागी २५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए भन्ने उल्लेख छ पद्मभूषण आचार्य बलदेव उपाध्यायको ‘भारतीय दर्शन’ नामक पुस्तकमा तर २९ वर्षको उमेरमा बुद्धले घरबार छाडेका थिए भन्ने उल्लेख भेटिन्छ यहाँ । 

‘कुनै पनि अनुसन्धानमा फुहरर भेटिउन् भन्ने उनीहरूको निष्कर्ष रहेको देखिन्छ’ भन्ने उल्लेख छ पुस्तकमा (पृष्ठ १५२¬) । तर भेटिउन् नभई नभेटिउन् भन्ने शब्द माग गरेको छ प्रसङ्गले, जसले अर्थको अनर्थ गराइदिएको छ । यसबारेमा भने आगामी संस्करणमा लेखकको ध्यान जानु मनासिव देखेको छु । 

केही कमीकमजोरी बाहेक पुस्तक अब्बल छ । लर्तरो जोश, जाँगर, लगन र साहसले यस्तो ग्रन्थ तयार हुँदैन, हुनै सक्दैन । यसका लागि केदारजी जस्तै कर्मठ व्यक्ति अघि सर्नुपर्छ, यस्तै कर्मठ व्यक्तिको हात र साथ चाहिन्छ । 

अन्त्यमा यति भनौं – लेखक पीएचडी अनुसन्धान छाडेर यता आएको कुरा थाहा पाउँदा ज्यादै खुशी लाग्यो । किनकि यसलाई पनि यस्तै भएको छ । विश्वविद्यालयको किस्ताबन्दी बोली र अपारदर्शी व्यवहारका कारण पीएचडी अनुसन्धान छाडेर लेखन क्षेत्रमा लागेको हो पंक्तिकार पनि तर जे भएछ राम्रै भएछ । आफूले पीएचडी गर्न नसके पनि आफैंले लेखेको किताब ‘दर्शन भित्रको दर्शन’ अहिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पीएचडी अनुसन्धानको पाठ्यपुस्तकमा समावेश भएको देखिएको छ । यस पुस्तकको पनि अवस्था एक दिन यस्तै हुनेमा विश्वस्त छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x