×

NMB BANK
NIC ASIA

कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ ।

Muktinath Bank

यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत दस वर्षदेखि एचआईभी/एड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो ।


Advertisment
Nabil box
Kumari

महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उनी बताउँछन् ।

Vianet communication
Laxmi Bank

समाज सेवाको क्षेत्रमा क्रियाशील राईको चिन्तासँगै धेरैको जीवन जोडिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उनले पनि भोग्नुपरेको थियो ।

त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुन् । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आएकका छन् । ।

विश्वलाई नै असर पारिरहेको यस महामारीका कारण अन्य व्यक्तिका साथै एचआईभी/एड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी (एआरटी)जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने राईले बताए ।

एचआईभी÷एड्सको सङ्क्रमणलाई नबुझी समाजले तिरस्कार गर्ने कारणले धेरै महिला÷पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने उद्देश्यले सन् २००६ मा राईले शक्ति मिलन समाजको स्थापना गरेर काम गर्दै आएकका छन् । उनले संस्थामा कार्यकारी निर्देशकको भूमिकामा रहेर प्रभावितलगायत सहयोगी, स्वयंसेवी महिलासँग मिलेर एचआईभी/एड्सबारे जागरणको काम गर्दै आएकका छन् ।

यो संस्थाले सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन गर्दै ‘एक रुपियाँ’ अभियान, घरदैलो कार्यक्रम तथा परामर्श सेवा र संरक्षण गरी उद्धार नै गर्नुपर्नेहरूका लागि विभिन्न संस्थासँग समन्वय गर्दै सामुदायिक हेरचाह सेवा पनि सञ्चालन गर्दै आएको छ भने पछिल्लो समय आम्दानीको नियमित र दीर्घकालीन स्रोत व्यवस्थापनको उद्देश्यले फूलको नर्सरी सुरु गरिएको उनले जानकारी दिए ।

एचआईभी÷एड्स प्रभावितका लागि सरकारले एआरटी औषधि निःशुल्क उपलब्ध गराएको चर्चा गर्दै अभियन्ता सवनम (नाम परिवर्तन)ले भने , “अन्य रोग लाग्दा बिरामीले सबैको सहानुभूति पाउँछन् तर एचआईभी/एड्स प्रभावित हुँदा उनीहरूलाई घृणाको दृष्टिकोणले हेरिन्छ, यसो गर्नु अन्याय हो ।”

यसबाट प्रभावित श्रीमान्का कारण नेपालमा धेरै महिला थाहा नै नपाई एचआईभी÷एड्सबाट प्रभावित भएका छन् भने असुरक्षित रगत, एउटै सुई धेरैले प्रयोग गर्ने अवस्थालगायतको माध्यमबाट एचआईभी/एड्स सर्दा महिलाले खुलेर बाँच्न पाउने हक गुमाएको, महामारी, प्राकृतिक विपत्ति, भूकम्पलगायतका समयमा उनीहरू एआरटी औषधि नपाउने, खाद्यान्नको समस्यामा पर्न सक्ने, जोखिमलाई राज्यले पनि ध्यान दिनुपर्ने उनको तर्क छ ।

हाल संस्थामा १३५ जना महिलाले प्रत्यक्ष सेवा पाइरहेका छन् भने प्रभावित १२५ जना बालबालिकाले शिक्षाका लागि सहयोग पाइरहेका छन् । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला÷पुरुष एचआईभी÷ एड्सबाट प्रभावित छन् । २१ हजार ७२० जनाले मात्र नियमित एआरटी खाइरहेका छन् । प्रभावितको तथ्याङ्कमध्ये बालबालिकाको सङ्ख्या मात्र १३ हजार ३६ छ ।

महासङ्घका वरिष्ठ कार्यक्रम संयोजक प्रकाशनाथ योगीले २९ हजारभन्दा बढी प्रभावितमध्ये आठ हजारभन्दा बढीले औषधि खाइरहेका छैनन् भने उनीहरूको खोजी हुनुपर्ने बताए । साथै १३ हजार ३६ जना बालबालिकालाई ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत पोषण, उपचार र शिक्षाका लागि सामाजिक संरक्षण अनुदान सहयोग जुटाइरहेको संयोजक योगीले जानकारी दिए । गोरखापत्र दैनिकमा शिवा तामाङले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x