३० असार २०८३, मंगलबार

कोरोना संक्रमण बढेपछि बाँकेमा ९ गतेदेखि लकडाउन

बैशाख ७, २०७८
कोरोना संक्रमण बढेपछि बाँकेमा ९ गतेदेखि लकडाउन

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएपछि बाँकेमा लकडाउन गर्न जिल्ला कोभिड- १९ व्यवस्थापन समिति (डीसीसीएमसी)ले सिफारिश गरेको छ ।

डीसीसीएमसीको मंगलवार बसेको बैठकले पर्सि (वैशाख ९ गते)बाट लागू हुनेगरी एक साताका लागि लकडाउन गर्ने सिफारिश गरेको हो ।

पछिल्लो समय बाँकेमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । मृतक पनि दिनदिनै थपिन थालेका छन् ।

डीसीसीएमसीको सिफारिशका सम्बन्धमा गृहकार्य भइरहेको र ९ गतेदेखि लकडाउन हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

‘सिफारिश आएको छ । के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा होमवर्क गर्दैछौं,' प्रजिअ गेलालले भने, '९ गतेबाट लकडाउन हुन्छ ।’

पछिल्लो समय बाँकेका अस्पतालहरूमा कोरोना संक्रमितको भीड लागेको छ ।

सबैजसो अस्पतालमा कोरोना विशेष वार्डहरू भरिएका छन् । बाँकेमा एकैदिन कोरोना संक्रमणबाट नर्ससहित चारजनाको मृत्यु भएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्