इन्धनको मूल्य घट्दै

कोभिड–१९ को पहिलो लहर घटेपछि अकासिएको तेलको मूल्य कोभिडको दोस्रो लहर व्यापक बनेलगत्तै घट्ने संकेत देखिएको छ । पछिल्ला केही सातादेखि लगातार बढिरहेको तेलको मूल्य सोमबार आएर घटेपछि विश्लेषकहरूले यसको मूल्य तल झर्ने आकलन गरेका छन् ।

तेल खपत गर्ने ठूला राष्ट्र भारतसहित अन्यत्र कोभिड–१९ को संक्रमण दर उच्च देखिइरहेका बेला तेलको माग घट्न सक्ने र सँगै यसको मूल्यमा पनि गिरावट आउन सक्ने आकलन गरिएको छ । कोभिड–१९ लाई नियन्त्रणका लागि विभिन्न देशले गर्न सक्ने लकडाउन, हवाई आवतजावतमा नियन्त्रण जस्ता कारण तेलको मूल्य घट्न सक्ने कारक बन्न सक्छन् । कान्तिपुरमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्