२६ जेठ २०८३, मंगलबार

ओलीविरुद्ध अदालत जाने चेतावनी

ओलीविरुद्ध अदालत जाने चेतावनी

नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताएकी छिन् ।
पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लगाई लडने बताइन् ।
 पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेतृ झाँक्रीले अदालतमा जाने बताइन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन् । उनले भनिन्, ‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दापनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नी त ।’

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्