२५ असार २०८३, बिहीबार

ओलीविरुद्ध आन्दोलन गर्न मोहनविक्रम र वैद्य सहितको मोर्चा बनाउन माओवादीमा प्रस्ताव

ओलीविरुद्ध आन्दोलन गर्न मोहनविक्रम र वैद्य सहितको मोर्चा बनाउन माओवादीमा प्रस्ताव

सरकार विरुद्धको आन्दोलनका लागि वामपन्थी दलसँगको मोर्चा बनाउने प्रस्ताव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा राखेका छन् । 

बुधवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले वामपन्थी गठबन्धनसँग सहकार्यको प्रस्ताव गरेका थिए ।

एमालेको माधवकुमार नेपाल पक्ष, मोहनविक्रम सिंह र मोहन वैद्यको पार्टीसँग कार्यगत मोर्चा बनाएर देशलाई प्रतिगमनमा जानबाट रोक्नुपर्ने प्रचण्डले बताएका थिए । 

वामपन्थी मोर्चा बनाएर आन्दोलनमा जाने प्रस्ताव बैठकमा आएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । बुधवारको बैठकमा पार्टी विधानको विषयमा छलफल भएको थियो । 

पार्टीको संगठन बलियो बनाउने, जसलाई पायो त्यसैलाई सदस्यता दिन नहुने जस्ता विषयमा छलफल भएको उनले बताए । 

बैठकमा प्रचण्डले नयाँ सरकार गठनको विषयमा छलफल जारी रहेको बताएका थिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन उपयुक्त समयमा फिर्ता गर्ने अधिकार प्रचण्डलाई दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्