०२ असार २०८३, मंगलबार

हस्ताक्षर दुरुपयोग गरेर अविश्वासको प्रस्तावमा राखिएको जसपा सांसदको खुलासा

बैशाख ८, २०७८
हस्ताक्षर दुरुपयोग गरेर अविश्वासको प्रस्तावमा राखिएको जसपा सांसदको खुलासा

लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सन्तोष पाण्डेले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर सरकारविरुद्ध अविश्वासको प्रस्तावको रूपमा प्रयोग गरिएको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले लुम्बिनी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षरलाई दुरुपयोग गरिएको बताए । 

‘कुनै फरक प्रसङ्गमा भएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ । प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको जानकारी गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।

अविश्वासको प्रस्ताव दर्ता अगाडि नै पार्टीको संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको सांसद पाण्डेले दाबी गरेका छन् । 

सोमवार प्रदेश सभामा प्रतिनिधित्व गर्ने जसपाका ६ मध्ये ४ सांसद मन्त्री भएका छन् । जसमध्ये ३ जनाले प्रदेश सरकारविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको देखिन्छ ।

पार्टी र संसदीय दलका नेता सहस्रराम यादवले पाण्डेसहित ४ मन्त्रीलाई स्पष्टीकरण सोधेका छन् । पाण्डे लगायत ४ मन्त्रीले संसदीय दलको बहुमत सदस्यको निर्णयबाट यादवलाई दलको नेताबाट हटाएर पाण्डेलाई नेता चयन गरिएको निवेदन प्रदेशसभा सचिवालयमा दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्