३१ जेठ २०८३, आइतबार

२ नम्बर प्रदेशको नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव

२ नम्बर प्रदेशको नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव

नेकपा एमालेले २ नम्बर प्रदेशको नाम जानकी प्रदेश राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ ।

प्रदेशसभा सचिवालयको सूचना अनुसार एमालेले जानकी प्रदेश नाम राख्न गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतो लोकान्तरलाई जानकारी दिए ।

प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई प्रस्ताव गरिएको महतोले बताए ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्न प्रस्ताव दर्ता गराएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्