२२ जेठ २०८३, शुक्रबार

बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ
प्रतिकात्मक तस्वीर

गत चैत २८ गते १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । 

करणी गरी फरार भएका दोरम्बा गाउँपालिका–६ बस्ने १९ वर्षीय सन्तोष ढुंगेललाई जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

फरक क्षमता भएकी बालिकालाई करणी गरी फरार ढुंगेललाई मंगलवार पक्राउ गरी बुधवार रामेछाप अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको रामेछाप प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्