
मेष
आजको समयमा बच्चाहरूलाई उचित मार्गदर्शनको आवश्यक छ । साथीहरूसँग साँझ रमाइलो हुनेछ तर खानपीनमा ध्यान दिनु होला, स्वास्थ्य बिग्रिन सक्नेछ ।
वृष
आज किनमेलमा बदि समय बर्वाद रहला । मन प्रफुल्लित नै रहनेछ । आफन्तजनको मिठो बोलीले उत्साह थपिनेछ । सामाजिक पनि भइनेछ ।
मिथुन
जीवनसाथीले आज तपाईबाट केहि माग गर्न सक्छन तर तपाईले त्यसलाई पूरा गर्न सक्नुहुनेछैन, जसको कारण तपाईको प्रेमिका तपाईसित रिसाउन सक्नुहुन्छ ।
कर्कट
हजुरलाई आज परिवारको सदस्यहरुलाई समय दिन नसक्दा मनमा खिन्नता महशुस हुन सक्छ । व्यापारमा उन्नति प्रगति नै रहला । कर्मचारीको हकमा दिन सुखद नै रहला ।
सिंह
राम्रो स्वास्थ्यको लागि फलफुल , बदाम, चना ,दाल, दुधको सेवनमा ध्यान दिनु होला । साकाहारी भोजनले स्वास्थ्य राम्रो हुनेछ र स्वास्थ्यमा सुधार हुनेछ ।
कन्या
आज तपाईको दिमागमा धेरै कुरा खेलेर मन अशान्त रहन सक्छ । तपाईको प्रेम, तपाईको श्रीमान वा श्रीमतीले हजुरलाई सुन्दर उपहार दिन सक्दछन् ।
तुला
व्यापारमा सार्वजनिक सम्बन्ध बलियो रहेनछ । आज जग्गा खरीद र बिक्रीमा महत्वपूर्ण सम्झौता हुन सक्छ । एक अनुभवी व्यक्तिसँग तपाइको बैठक लाभदायक साबित हुनेछ ।
वृश्चिक
हजुरको खर्चमा नियन्त्रण राख्नुहोस् र आज खुलस्त खर्च गर्नबाट जोगिनुहोस् । नजिकका साथीहरू र साझेदारहरू रिसाएर तपाईको जीवन कठिन बनाउन सक्छन् ।
धनु
प्रेमीहरु आज एक अर्कामा समय बिताउनुहुनेछ र प्रेमको पल महसुस गर्नुहुनेछ । आज कार्यस्थलमा तपाईको काम गर्ने उर्जा बढ्न सक्नेछ । घरको कुनै पनि कलह कम हुनेछ ।
मकर
आज यस राशि चक्रका मानिसहरूले आफुले आफैलाई बुझ्नु आवश्यक छ । यदि तपाईलाई भीडबाट टाढा हुनु छ भने आजको दिन उपयुक्त हुन सक्नेछ र आफ्नो व्यक्तित्वको मूल्यांकन गर्नुहोस् ।
कुम्भ
व्यवसायीहरूले आज साझेदारहरूबाट दुख पाउनेछन्, उनीहरूले तपाईलाई हानि गर्नाले मन सारै नै चिन्तीत रहनेछ । आफूलाई बलियो बनाएर यो संसारमा अगाढी बढ्नु होला ।
मीन
आज हजुरले आफुले आफुलाई संसारकै धनी महसुस गर्नुहुनेछ, किनभने तपाईको श्रीमान / श्रीमतीको व्यवहारले हजुरलाई यस्तो महसुस गराउँदछन ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)