धादिङ, १४ जेठ— धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
सदरमुकाम धादिङबेसीबाट खहरे भन्ने स्थानतिर जाँदै गरेको ग १ ख ३८०५ नम्बरको बस निलकण्ठ नगरपालिका १० स्थित भकारे भन्ने स्थानमा सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा प्रहरी र स्थानीयबासीबाट उद्दार कार्य जारी रहेको छ ।
केहि घाइतेलाई उद्दारपछि धादिङबेसी ल्याइएको र गम्भीरहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।