पार्टी विवाद उत्कर्षमा पुगेका बेला छलफलमा जुटेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालले होटल मेरियटबाट नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।
नागपोखरीमा रहेको उक्त होटलको झ्यालबाट प्रधानमन्त्री ओली र नेता नेपालले निकै टाढा रहेको धरहरा नियालेका हुन् ।
२२ तल्ले धरहरा पुनर्निर्माण अन्तिम चरणमा छ । यही वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
लगातार दोस्रो दिनको छलफलका लागि मेरियट होटल पुगेका ओली र नेपालले धरहराको दृश्यावलोकन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।
'प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै,' तस्वीरसहित थापाले ट्वीट गरेका छन् ।
हेर्नुहोस्, ट्वीट :
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै - pic.twitter.com/TJ9KPIKu2B
— Surya Thapa (@ThapajiSurya) April 22, 2021