
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का २ हजार ४ सय २८ संक्रमित थपिएका छन् ।
१० हजार १ पीसीआर र ४४७ एन्टीजेन परीक्षण गर्दा पीसीआरतर्फ २ हजार ३६५ र एन्टीजेनतर्फ ६३ गरी २ हजार ४ सय २८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुल ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार थप २ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।