एमालेका यी हुन् संयुक्त अपिल जारी गर्ने १५ नेता

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेको बताएका छन् ।


Advertisement

    अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।
 अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्