०८ असार २०८३, सोमबार

दर्शनका लागि बन्द भयो पशुपतिनाथ मन्दिर, आर्यघाटमा आउने मलामीमा मापदण्ड

बैशाख १०, २०७८
दर्शनका लागि बन्द भयो पशुपतिनाथ मन्दिर, आर्यघाटमा  आउने  मलामीमा मापदण्ड

 कोरोना  सङ्क्रमण बढिरहेका कारण पशुपति दर्शन बन्द गरिएको छ । नाथको नित्य पूजा भने पशुपतिनाथका  मुल  पुजारीले  दिनहुँ  गर्ने  व्यवस्था  मिलाइएको  छ  ।  

पशुपतिनाथका  कोटवाल  पूर्णनारायण  जोशीका  अनुसार  सर्वसाधारण  भक्तजन  र  नित्य  दर्शनार्थीका  लागि समेत मन्दिर प्रवेश रोकिएको छ । गुह्येश्वरी  मन्दिरमा  पनि  भीडभाड  गरेर विवाह ब्रतवन्ध लगायतका कार्य गर्न निषेध  गरिएको  छ  । 

आर्यघाटमा  आउने  मलामीका  लागि  स्वस्थ्य  मापदण्ड  पालना  गर्न अनिवार्य गरिएको छ । किरियापुत्री घरमा आउनेलाई  पनि  स्वास्थ्य  मापदण्ड  पालना  गर्न भनिएको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार मुलुकका सबै देवस्थलमा पर्वपूजा जात्रा लगायतका संलग्न संस्थान अन्तर्गतका रकमी कर्मचारी स्वास्थ्य अनुशासन पालना गर्न गराउन निर्देशन जारी भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्