२२ जेठ २०८३, शुक्रबार

२८ वर्षीय युवकसहित तीन सङ्क्रमितको मृत्यु

बैशाख १०, २०७८
२८ वर्षीय युवकसहित तीन सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण आज २८ वर्षीय युवकसहित तीन बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।  

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारारत बाँकेको जानकी गाउँपालिका–१ का ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ का ५६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बिरामीमा रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै मृत्यु भएको हो । कोरोना सङ्क्रमण दर बढेसँगै बाँकेमा मृत्यु हुने सङ्ख्या पनि बढेको छ । बिहीवार पनि बाँकेमा तीन जना सङ्क्रमितको मृत्यु भएको थियो ।
 बाँकेमा आज बिहानसम्म ४२ पुरुष र २७ महिला गरी ६९ जना तथा जिल्ला बाहिरका ७४  पुरुष र २५ महिला गरी कूल ९९ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
 यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दैनिक दुई देखि चार सङ्क्रमितसम्मको मृत्यु हुने गरेकोे छ । 

salt training

कमेन्ट गर्नुहोस्