२५ असार २०८३, बिहीबार

शेयर बजारमा हरियाली : २ घन्टामा ४० अ‌कले बढ्यो नेप्से परिसूचक

बैशाख १४, २०७८
शेयर बजारमा हरियाली : २ घन्टामा ४० अ‌कले बढ्यो नेप्से परिसूचक

साताको शुरूवाती २ दिनमा लगातार राताम्मे बनेको शेयर बजारमा मंगलवार भने हरियाली बनेको छ । 

कारोबार शुरू भएको करिब २ घन्टामा नेप्से परिसूचक ४०.६९ अंकले बढ्दै शेयर बजार २५४७.३१ विन्दुमा पुगेको छ । 

समाचार तयार गर्दासम्म कुल २ सय ८ कम्पनीको ४८ लाख ६९ हजार ६९८ कित्ता शेयर २ अर्ब ५४ करोड २१ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । 

यस दिन सबै समूहहरूको सूचकमा हरियाली छाएको छ । जसमध्ये व्यापारतर्फ लगानीकर्ताहरूको सबैभन्दा धेरै आकर्षण छ । 

बिशाल बजार र महिला लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा पुग्दा गुडविल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्