१६ असार २०८३, मंगलबार

लुम्बिनीमा अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेशसभा विशेष अधिवेशन आह्वान

बैशाख १४, २०७८
लुम्बिनीमा अविश्वासको प्रस्तावमा छलफल गर्न प्रदेशसभा विशेष अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने गरी आह्वान भएको छ ।

प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलहरूले माग गरेअनुसार विशेष अधिवेशन बोलाइएको हो ।

प्रदेश प्रमुखको कार्यालयले १९ गते आइतवार दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले लोकान्तरलाई जानकारी दिए । 

गत चैत २४ गते १ हप्तामै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो । गत वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन समावेदन पेश गरिएको थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बनेका छन् । 

पार्टीको निर्णय बाहिर गएर सरकारमा गएपछि अहिले जनता समाजवादी पार्टी (जसपा) मा तीव्र विवाद छ । जसपाका ४ सांसद आफूतिर तानेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आफ्नो सरकारलाई सुरक्षित बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्