३१ असार २०८३, बुधबार

मानवताको अनुपम उदाहरण, १४ सय किलोमिटर गाडी चलाएर साथीलाई दिए अक्सिजन

बैशाख १५, २०७८
मानवताको अनुपम उदाहरण, १४ सय किलोमिटर गाडी चलाएर साथीलाई दिए अक्सिजन

भारतको नोयडामा कोभिडका कारण थलिएका एक साथीलाई अक्सिजन सहायता उपलब्ध गराउनका लागि ३८ वर्षीय शिक्षकले १४ सय किलोमिटर यात्रा गरेका छन् । 

देवेन्द्र नाम गरेका ती शिक्षक झारखण्डको बोकारोबाट तीनवटा राज्य पार गरेर २४ घन्टामा अक्सिजन सिलिन्डर लिएर नोयडा पुगेका थिए । 

आइतवार दिउँसो डेढ बजेतिर हिँडेका उनी भोलिपल्ट त्यही समयतिर नोयडामा साथी रञ्जन अग्रवालको घर पुगेका थिए । दिल्लीको एक आईटी कम्पनीमा काम गर्ने रञ्जनका मातापिताले अक्सिजनका लागि हारगुहार गर्दा पनि पाएका थिएनन् । 

त्यसो त बोकारामा पनि सिलिन्डर पाउन सजिलो थिएन । देवेन्द्रले शहरका विभिन्न अक्सिजन प्लान्ट र आपूर्तिकर्ताकहाँ जाँदा खाली सिलिन्डर ल्याए मात्र भरिएको सिलिन्डर दिइने भनिएको थियो । 

अन्तिममा उनी बालिदिह औद्योगिक क्षेत्रमा रहेको झारखण्ड स्टील अक्सिजन प्लान्ट पुगेका थिए । त्यहाँको प्राविधिकले केही पैसा धरौटी राखेर भरिएको सिलिन्डर दिए । 

देवेन्द्रले धरौटीका लागि १० हजार भारु, अक्सिजनका लागि ४०० भारु तिरे अनि नोइडासम्मको लामो यात्रामा निस्के । उनलाई बिहार र उत्तर प्रदेशमा दुईपटक प्रहरीले रोकेको थियो तर साथीको अवस्थाका बारेमा बताएपछि छोडिदिएको थियो । 

उनी समयमै पुगेर रञ्जनलाई अक्सिजन दिन सफल भए । 
 

रञ्जनको स्वास्थ्य स्थिर छ र उनी पूरा निको नहुन्जेल आफू नोयडामै बस्ने देवेन्द्रले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्