२५ असार २०८३, बिहीबार

लागू भयो काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सूचीसहित)

बैशाख १६, २०७८
लागू भयो काठमाडौं उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सूचीसहित)

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो ।
निर्णयअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।

यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।

गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि निषेधाज्ञासम्बन्धी आदेश जारी गरिएको थियो भने आजदेखि कार्यान्वयनमा आएको हो।

काठमाडौ, ललितपुर र भक्तपुरका सीडीओहरुले छुट्टाछुट्टै सूचना निकालेर निषेधाज्ञासम्बनधी आदेश जारी गरी गरेका हुन् ।

 


salt training

कमेन्ट गर्नुहोस्