
कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा६१प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको बिहीवार बिहान मृत्यु भएको हो ।
बुधवार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेसनल अस्पताल कलंकीमा बिहीवार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।