×

NMB BANK
NIC ASIA

फुट सँघारमा जसपा

बैशाख १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।

Muktinath Bank

हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभई लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि चार सांसदलाई कारबाही गरिएको’ उल्लेख गरेको छ ।


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचनाअनुसार सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।

Vianet communication
Laxmi Bank

राजनीतिक दलसम्बन्त्री ऐन २०६३ को दफा ३४ बमोजिम जसपाले चार सांसदलाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुगेको थियो । पत्रमा जसपाले पार्टी सदस्यता नै नरहनेगरी कारबाही गरेको उल्लेख भएको सचिवालयले निकालेको सूचनामा भनिएको छ ।

यद्यपि, जसपा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको जनाएका छन् । लुम्बिनी प्रदेश सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट सांसदलाई पदमुक्त गर्ने निर्णय नभएको उल्लेख गरेका हुन् ।

‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समिति समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको’ पत्रमा उल्लेख छ ।

‘तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको’ भन्दै ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘त्यसैलाई मान्यता दिइने बेहोरा जानकारी गराइन्छ, साथै केन्द्रीयस्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’

स्रोतका अनुसार शीर्षनेता नै दुई ध्रवमा विभाजित भएपछि पार्टी फुटनजिक पुगेको छ । यसबीच कुनै सहमति नभए पार्टी स्पष्ट रूपमा फुट्ने निश्चित भएको जसपा एक नेताले बताए । लुम्बिनी प्रदेशको ‘भाडभैलो’देखि ‘संघीय सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा समेत पार्टीभित्र विवाद छ ।

‘लुम्बिनीमा मात्रै नभई संघीय सरकारमा सहभागी हुने कि नहुने ?’ भन्ने विषयमा समेत पार्टीभित्र मतभेद छ,’ स्रोतले भन्यो, ‘यी घटना हेर्दा पार्टीभित्र कुनै सहमति नभए फुटने निश्चित भइसकेको छ । व्यवहारिक रूपमा पार्टी फुटिसक्योभन्दा पनि हुन्छ । कानुनी रूपमा फुट्न बाँकी नै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले उठाउँदै आएको विभिन्न मागमध्ये मुद्दा फिर्ता पूरा गरेका छन् । बाँकी मुद्दा फिर्ताका माग केही पूरा गर्ने प्रक्रियामा रहेको छ । ती फिर्तापछि जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो समूहले सरकारमा सहभागी हुने वातावरण बन्दै गएको प्रक्रिया सार्वजनिक रूपमा दिइरहेका छन् ।

तर, अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई समूह ‘पार्टी कुनै पनि हालतमा सरकारमा सहभागी नहुने’ अडानमा छन् । यादवनिकट रहेका जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले प्रतिगामी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउनुपर्ने बताए ।

‘ओली सरकारले नै मुद्दा लगाउने काम ग-यो विगतमा, अहिले फिर्ता लिइरहेको छ । हाम्रा धेरै माग अहिले सम्बोधन नै नभई सरकारमा जाने कुरा गरे भ्रम फैलाउन खोजिएको छ,’ यादवले भने, ‘संसद् विघटन गरेको सरकारविरुद्ध हामी आन्दोलन गर्ने विकल्प दिन्छौं ।’

अर्कातर्फ महतोनजिकका जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले सरकारले पार्टीले उठाउँदै आएको माग सम्बोधन गरिरहेकाले सरकारमा जाने वातावरण बनिरहेको बताए ।

‘हाम्रा केही माग सम्बोधन भएको छ । अझै धेरै माग सम्बोधन गर्न बाँकी छ । तर, मुद्दा फिर्ताले सरकारमा जाने वातावरण बन्दै गइरहेको छ,’ सुमनले भने, ‘हामी अहिले नै सरकारमा जादैनौं । पार्टीले निर्णय गरेपछि सोहीअनुसार हुन्छ । सरकार अहिलेको अवस्थामा बहुमतमै छ । माओवादीले दिएको समर्थन अझै फिर्ता लिएको छैन । अरूले अविश्वास प्रस्ताव पनि ल्याएको छैन । यस्तो अवस्थामा सरकारलाई हाम्रो आवश्यकता छैन ।’

संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, नागरिकतालगायत माग जसपाले विगतदेखि उठाउँदै आएको छ । यही विषयमा पटकपटक सहमति गर्दै विभिन्न घटक सरकारलाई समर्थन दिनुका साथै सरकारमै सहभागी हुदै आएका थिए ।

सत्ता समीकरणको विषयलाई लिएर दुई धु्रवमा विभाजित जसपा नेता भट्टराई, यादव र राई समूह ‘ओली नेतृत्वको सरकारस“ग कुनै पनि हालतमा सहकार्य नगर्ने’ पक्षमा छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)स“ग मिलेर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर, ठाकुर र महतो समूह मधेस मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले यही सरकारलाई समर्थन गर्नुपर्ने अडानमा छ ।

ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण डा. भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हँुदै आएको छ । यद्यपि, कार्यकारिणी समिति बैठक बस्नुपर्ने माग उठेपछि अहिले कोरोना महामारीका कारण बस्न सकेको छैन । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x