३० जेठ २०८३, शनिबार

भारतमा कोरोनाको कहर : एम्बुलेन्स नपाएपछि ठेलामा राखेर छोराले लगे आमाको शव

बैशाख १७, २०७८
भारतमा कोरोनाको कहर : एम्बुलेन्स नपाएपछि ठेलामा राखेर छोराले लगे आमाको शव

मध्य प्रदेशको दामोहमा कोरोनाका कारण ज्यान गुमाएकी एक महिलाका छोराले एम्बुलेन्सको अभावमा आमाको शव ठेलामा राखेर लगेको तस्वीर सार्वजनिक भएको छ । 

सरकारी अस्पतालबाट दुई किलोमिटर टाढा रहेको गाउँसम्म शव ठेलामा लगिएको थियो । 

४५ वर्षीया कलावती विश्वकर्माको मृत्यु उपचारका क्रममा मंगलवार राति भएको थियो । शवलाई पथरिया गाउँ लग्नुपर्ने थियो । दुई दिनसम्म छोराले एम्बुलेन्स वा कुनै गाडी पाइन्छ भनी दौडधुप गरे तर केही नलागेपछि अन्त्यमा बिहीवार बिहान ठेलामा राखेर शवलाई गाउँ पुर्‍याए । 
 

देबु विश्वकर्मा भन्छन्, ‘एक निजी एम्बुलेन्सले आमाको शव गाउँ पुर्‍याउन पाँच हजार रुपैयाँ माग्यो । मसँग त्यत्तिका पैसा थिएन । त्यसैले मैले ठेला खोजे अनि लाश गाउँ ल्याएँ ।’

स्वास्थ्य केन्द्रमा आमाको उपचार राम्रोसँग नगरिएको देबुको आरोप छ । 

जिल्ला स्वास्थ्य अधिकारी डा संगीता त्रिवेदीले चाहिँ महिलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको र लाख कोशिश गर्दा पनि, अक्सिजन सपोर्ट दिँदा पनि बचाउन नसकिएको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्