३२ असार २०८३, बिहीबार

आफ्नो ओभरमा ६ वटा चौका खाएपछि शिवम मावीले थिचे पृथ्वीको शाको घाँटी (भिडियो)

बैशाख १७, २०७८
आफ्नो ओभरमा ६ वटा चौका खाएपछि शिवम मावीले थिचे पृथ्वीको शाको घाँटी (भिडियो)

इन्डियन प्रिमियर लीग (आईपीएल) मा दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी शाले कोलकाता नाइट राइडर्सविरुद्ध बिहीवार विस्फोटक ब्याटिङ गरेका छन् । 

उनले ११ चौका र तीन छक्का प्रहार गर्दै ४१ बलमा ८२ रन बनाए । 

उनले कोलकाताका फास्ट बलर शिवम मावीको ओभरमा लगातार ६ वटा चौका प्रहार गरे । 

आईपीएलको इतिहासमा दोस्रोपटक यसरी एकै ओभरमा ६ वटा चौका हानिएको हो । यसअघि सन् २०१२ मा अजिंक्य रहाणेले राजस्थान रोयल्सका लागि आरसीबीका बलर एस अरविन्दको ओभरमा ६ वटा चौका हानेका थिए । 

पृथ्वी शाले १८ बलमै अर्धशतक पूरा गरे । उनको यस विस्फोट पारीको सहायतामा दिल्लीले कोलकातालाई सात विकेटले हरायो । 

खेल सकिएपछि पृथ्वी शा र शिवम मावीले कुराकानी गरे अनि मावीले जिस्कँदै शाको घाँटी थिचे । मेरो ओभरमा त्यत्तिका धेरै रन बनाइस् भन्दै उनी जिस्केका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्