२९ असार २०८३, सोमबार

इजरायलको धार्मिक उत्सवमा भागाभाग हुँदा ४४ जनाको मृत्यु (भिडियो)

बैशाख १७, २०७८
इजरायलको धार्मिक उत्सवमा भागाभाग हुँदा ४४ जनाको मृत्यु (भिडियो)

इजरायलको उत्तरपूर्वी क्षेत्रमा आयोजिक एक धार्मिक उत्सवमा भागाभाग हुँदा कम्तीमा ४४ जना मारिएका छन् । 

राष्ट्रिय आपतकालीन सेवा मागेन डेभिड आदोमका अनुसार, ला बोमर नामक उत्सवमा सहभागी अन्य धेरैजना घाइते भएका छन् । 

माउन्ट मेरोनको फेदीमा उत्सव भइरहेको थियो । 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो भारी विपत भएको र हताहत परिवारका लागि प्रार्थना गरिरहेको बताएका छन् । 

उत्सवमा दशौं हजार मानिस सहभागी थिए । कोरोना महामारी शुरू भएयता इजरायलको यो सबभन्दा ठूलो घटना हो ।

घटनास्थलमा दर्जनौं एम्बुलेन्स पुगेका थिए । आकस्मिक सेवाहरूले भुइँमा राखिएका शवमाथि कभर लगाएका थिए । सबैलाई त्यो ठाउँ छोडेर जान प्रहरीले आदेश दिएको छ । 

प्रहरी स्रोतका अनुसार, उत्सवमा सहभागी केही मानिस भर्‍याङमा चिप्लिएर लडे अनि अरू पनि सँगै पछारिए । 

‘एक सेकेन्डको अन्तरमा यो सबै भयो । मानिसहरू लडे अनि एकअर्कालाई कुल्चिन थाले । यो एक विपत थियो,’ एक प्रत्यक्षदर्शीले बताए । 
 

अन्लाइन राखिएका भिडियोमा हजारौं मानिस खचाखच गरी उत्सवमा सहभागी बनेको अनि घटना हुँदा भागाभाग गरेको देखिन्छ । 

दशौं हजार अर्थोडक्स यहुदीहरू मेरोनमा लाग बोमर उत्सव मनाउन तीर्थयात्राका लागि पुग्ने गरेका छन् । उत्सवमा रातभरि आगो बालिन्छ अनि प्रार्थना तथा नाचगान गरिन्छ । 

उक्त शहरमा राब्बी शिमोन बार योचाइको चिहान छ । उनी दोस्रो शताब्दीका साधु थिए । उक्त चिहान यहुदीहरूको सबभन्दा पवित्र स्थानमध्ये एक मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्