२७ जेठ २०८३, बुधबार

कांग्रेस सभापति देउवाले बोलाए पत्रकार सम्मेलन

बैशाख १७, २०७८
कांग्रेस सभापति देउवाले बोलाए पत्रकार सम्मेलन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार दिउसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पत्रकार सम्मेलन मार्फत देउवाले कोरोना महामारी नियन्त्रण सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्ने छन् ।

यस्तै भदौ महिनाका लागि तोकिएको महाधिवेशनमा विषयमा समेत देउवाले धारणा राख्ने भएका छन् ।

भदौ ७ देखि १० गतेसम्मको लागि अधिवेशन बोलाइए पनि कोरोना संक्रमण बढ्न नदिन सरकारले निषेधाज्ञा लगाएका कारण कार्यतालिका प्रभावित हुन सक्ने आँकलन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्