२८ जेठ २०८३, बिहीबार

धवलागिरि हिमाल सफा गर्दा २ शव र हेलिकप्टरको अवशेष फेला

बैशाख १७, २०७८
धवलागिरि हिमाल सफा गर्दा २ शव र हेलिकप्टरको अवशेष फेला
फाइल फोटो

हिमाल सफा गर्ने क्रममा २ वटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ ।

सफा हिमाल अभियानअन्तर्गत बुधवार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित २ मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सोही आधार शिविरबाट १ किलोमिटरको दूरीमा रहेको इटाली आधार शिविर नजिक नाइनएन–एसीआर लेखेको हेलिकप्टरको टुुक्रा फेला परेको जानकारी दिइएको छ ।

मृतकको पहिचान नखुलेकाले छानबिन भइरहेको तथा हेलिकप्टर भने एयर डायनेस्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

ती मानव अवशेष व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वयको प्रक्रिया शुरू गरिएको जानकारी दिइएको छ । सगरमाथासहित ६ हिमाल सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित अभियानमा खटिएको टोलीले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयसँग आवश्यक समन्वय तथा सहकार्य गरी फोहर संकलन गरिरहेको छ ।

वैशाख १२ गतेदेखि शुरू गरिएकामा शुक्रवारसम्म आइपुग्दा सड्ने/कुहिने ३५५ किलो र नसड्ने ४ हजार ७९९ किलो फोहर संकलन गरिएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्