०३ असार २०८३, बुधबार

थप कडाइ गर्ने सीसीएमसीको निर्णय : भारतसँगका २२ नाका पूर्ण बन्द, निर्माण कार्य गर्न नपाइने

बैशाख १७, २०७८
थप कडाइ गर्ने सीसीएमसीको निर्णय : भारतसँगका २२ नाका पूर्ण बन्द, निर्माण कार्य गर्न नपाइने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रवारको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले नेपालका भारततर्फ खुलेका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । बाँकी २२ वटा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

सरकारले क्वारेन्टीनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ ।

बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको छ । उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्