२० असार २०८३, शनिबार

राजधानी दिल्लीमा कोरोनाले एकैदिन ४१२ जनाको मृत्यु

बैशाख १९, २०७८
राजधानी दिल्लीमा कोरोनाले एकैदिन ४१२ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा कोरोनाको कहरले भयानक रूप लिएको छ । दिल्लीमा कोरोनाले मर्नेको कूल संख्या १६ हजार ५५९ पुगेको छ ।

दिल्लीमा कोरोना संक्रमण दर ३१.६१ प्रतिशत भएको छ भने सक्रिय संक्रमितको संख्या ९६ हजार ७४७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला १५ दिनमा नयाँदिल्लीमा कोरोनाले महामारी फैलाएको छ । दिल्लीमा १–१५ अप्रिलसम्म कोरोनाले ६२५ जनाको मृत्यु भएकोमा १६–३० अप्रिलसम्म कोरोनाले ४ हजार ४८६ जनाको मृत्यु भएको छ । अप्रिल महिनामा दिल्लीमा ५ हजार १११ संक्रमितको मृत्यु भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्