२५ असार २०८३, बिहीबार
लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी

एकल बहुमतको सरकारमा दाबी पेश गर्दै एमालेले पठायो पत्र, आजै शपथ गराउने तयारी

बैशाख १९, २०७८
एकल बहुमतको सरकारमा दाबी पेश गर्दै एमालेले पठायो पत्र, आजै शपथ गराउने तयारी
फाइल तस्वीर

नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेललाई नै अब बन्ने नयाँ सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । 

संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख समक्ष एकल बहुमतको सरकार बनाउन दाबी प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ । 

एमाले नेता बैजनाथ चौधरीले प्रदेश सभामा एमालेको एकल बहुमत रहेकाले प्रदेश प्रमुख धर्मनाथ यादवलाई एकल सरकार दाबी गर्दै पत्र पठाएको जानकारी दिए ।

‘बैठकले पुनः सरकारको नेतृत्व मुख्यमन्त्री पोखरेलले नै गर्ने निर्णय गर्‍यो,’ चौधरीले भने, ‘एकल बहुमत भएपछि दाबी स्वाभाविक भयो । अब प्रदेशको विषेश अधिवेशनको औचित्य सकियो । मुख्यमन्त्रीको आजै सपथ हुन्छ ।’
संसदीय दलको बैठकमा एमाले माधव नेपालनिकट मानिएका दुुई जना सांसद पनि सहभागी थिए । 

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले एक जान कोभिड संक्रमित भोजप्रसाद श्रेष्ठबाहेक अन्य सबै सांसदहरू बैठकमा सहभागी भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्