२२ असार २०८३, सोमबार
लुम्बिनीको राजनीति

शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बैशाख १९, २०७८
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त
फाइल तस्वीर

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अन्तर्गत आइतवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पोखरेलले आइतवार बिहान मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । 

पोखरेलको पक्षमा बहुमत सदस्य नरहेको दाबी गर्दै माओवादी–कांग्रेस–जसपा गठबन्धनले शपथ रोक्न प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।

नेकपाबाट निर्वाचित भई एमालेमा रहेको ठानिएकी बिमला खत्री वलीले माओवादी रोजेको घोषणा गरेपछि पोखरेलको पक्षमा बहुमत अर्थात् ४१ सांसद नरहेको विपक्षी गठबन्धनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्