२४ जेठ २०८३, आइतबार

हत्या अभियोगका फरार आरोपी पक्राउ

बैशाख २०, २०७८
हत्या अभियोगका फरार आरोपी पक्राउ
प्रतिकात्मक तस्वीर

तनहुँमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका १ आरोपी २ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैंटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

विक्रम संवत् २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङविरुद्ध छ । सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्