०४ असार २०८३, बिहीबार

क्यान्सर अस्पताल आउने बिरामी र कुरुवाको पीसीआर परीक्षण अनिवार्य

बैशाख २०, २०७८
क्यान्सर अस्पताल आउने बिरामी र कुरुवाको पीसीआर परीक्षण अनिवार्य

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।

अस्पतालले सोमवार एक सूचना जारी गरी कोभिड संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो ।
 
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमद्वारा जारी सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, ‘अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।’ मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पीसीआर अनिवार्य गर्नुपर्ने जनाइएको छ ।
 
फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ । अस्पतालको सेवा लिन आउँदा सेवाग्राहीले अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुने लगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ ।

बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्