२५ जेठ २०८३, सोमबार

‘सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन’ : शङ्कर पोखरेल

बैशाख २०, २०७८
‘सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन’ : शङ्कर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरूलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् ।

 उनले आज फेसबूक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको जनाएका छन् । 

मुख्यमन्त्री पोखरेलले सूर्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरूको समर्थन कानूनी रुपमा समेत अन्य दललाई नहुने उल्लेख गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई नहुनु आश्र्चयको कुरा भएको बताए।

उनले भने, ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ ।’

मुख्यमन्त्री पोखरेलले कारवाहीपछि नेकपा (एमाले) बहुमतप्राप्त दल बनेको जिकिर गर्दै  बहुमत प्राप्त दललाई सरकार सञ्चालनको  संवैधानिक दायित्व रहन्छ भनेका छन् । उनले संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेका अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव नभएको तर अहिलेको अवस्था त्यो नभएको बताएका छन् ।    

मुख्यमन्त्री पोखरेलले गत फागुन २३ को फैसलापछि विमलाकुमारी खत्री एमालेको प्रदेशसभा सदस्यका रुपमा सहभागी हुँदै आएको जानकारी दिँदै उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको बताएका छन्।   ‘मुख्यमन्त्रीको नियुक्तिपछि शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित हो ’ उनले भनेका छ्न् ।
 

salt training

कमेन्ट गर्नुहोस्